राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। आज बसेको संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गर्दै प्रतिनिधिसभामा रहेका सबै सांसदहरूले राजीनामा दिने निष्कर्ष निकालेको हो।
बैठकपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भने,
“देशको मुख्य सम्पत्ति जेन–जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत भएको जानकारी गराइन्छ।”
लोकप्रिय समाचार

