नेपाली सेनाले देशभर जारी “जेन–जी” आन्दोलनका प्रदर्शनकारीलाई संयमित रहन सार्वजनिक अनुरोध गरेको छ।
सेनाले जनाएको छ कि नेपालका स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षा सुनिश्चित गर्न विषम परिस्थितिमा समेत प्रतिबद्ध रहेको छ।
साथै सेनाले आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षति प्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको, शोक सन्तप्त परिवारजनप्रति समवेदना र सहानुभूति व्यक्त गरेको, र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।
सेनाले वर्तमान घटनाक्रमको विश्लेषण गर्दै आवश्यक कदम चालिरहेको जनाउँदै सबै पक्षलाई संयम र समझदारी अपनाउन अपिल गरेको छ।
लोकप्रिय समाचार

