Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन मधेशका जनताको रोजाइ बने ‘सर्वेन्द्र खनाल’, बारा–४ मा लोकप्रियता उत्कर्षमा

रामेछापमा १२ बजेसम्मका लागि कर्फ्यू जारी

Reporter

रामेछाप जिल्लामा गए राति जारी गरिएको कर्फ्यूआदेश लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मन्थली र रामेछाप नगरपालिकाभित्रका संवेदनशील क्षेत्रमा पुनः कर्फ्यूलागू गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कफ्र्यू आदेश दिउँसो १२ बजेसम्म बढाएका छन्। जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनि कफ्र्यु लगाइएको उनले जानकारी दिए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सो निर्णय गरिएको प्रशासनले जनाएको छ। आदेशमा तोकिएका क्षेत्रमा कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा कुनै पनि प्रकारका गतिविधि गर्न रोक लगाइएको छ।

कर्फ्यूआदेशअनुसार मन्थली नगरपालिका-२ को आकासे पुलदेखि दक्षिणतर्फ मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सीमास्थित सुकाजोर खोला पुल अर्थात् बिटारसम्मको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ।

त्यस्तै, मन्थली-खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सीटीईभीटीसम्मको आवतजावत रोकिएको छ। मन्थली नगरपालिका-१ का सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यूजारी गरिएको छ भने रामेछाप नगरपालिका-८ भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्र समेत कफ्र्यु लगाइएको छ।

यसअघि गए राति १० बजेदेखि आज बिहान ६ बजेसम्मको लागि सोही क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको थियो। तर अवस्था संवेदनशील रहन सक्ने आकलनसहित प्रशासनले फेरि आदेश थप गरेको हो। प्रमुख जिल्ला अधिकारी थापाले आवश्यकताअनुसार सुरक्षा संवेदनशीलता कायम गर्न कफ्र्यूलाई निरन्तरता दिनुपरेको हो।

प्रशासनले तोकिएको समय र क्षेत्रभित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्दै आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। नागरिकलाई संयमित रहन र सुरक्षा निकायलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको