Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

पोल्यान्डमा गडान्स्क शहरका मेयरको धारिलो हतियार प्रहार गरी हत्या

admin

poland's mayer

काठमाडौं, माघ- १ ।

पोल्यान्डको गडान्स्क शहरका मेयर पावेल अडमोविजको हत्या भएको छ ।

मेयर पावेल माथि परोपकारी सम्बन्धी एक कार्यक्रममा सहभागी भएका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

हतियार प्रहार पश्चात ५३ वर्षीय मेयर पावेलको उपचारका क्रममा निधन भएको अधिकारीहरुले जनाएको छ ।

सयौं मानिस सहभागी रहेको कार्यक्रममा मेयर पावेल स्टेजमै रहेका बेला एक व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका मेयरलाई तत्काल उपचारका लागि अस्पतालमा पुर्‍याइएको थियो ।

अस्पतालमा पावेलको पाँच घण्टा लामो शल्यक्रिया गरिए पनि उनलाई बचाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले पत्रकारको परिचयपत्र बनाएर मेयरलाई भेट्ने क्रममा आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ ।

पक्राउ परेका व्यक्ति यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको समेत प्रहरीको आरोप छ ।

मेयर पावेल अडमोविजको हत्याको विरोधमा देशभर प्रदर्शन चर्किएको भएको छ ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको