Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

देशभर भाेलि बिहान ६ बजेसम्म निषेधाज्ञा र कर्फ्यु जारी : नेपाली सेनाद्वारा सुरक्षा आह्वान

Reporter

काठमाडौं – देशमा विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि (भाद्र २६ गते) बिहान ६ बजेसम्म कर्फ्यु लागू हुने जानकारी दिएको छ। सेनाले आवश्यक परे थप सूचना प्रदान गरिने पनि जनाएको छ।

नेपाली सेनाले आन्दोलनका क्रममा भएका जनधनको क्षति र अपराधजन्य गतिविधिप्रति गहिरो दुःख व्यक्त गर्दै सबै नागरिकलाई सहयोग र संयमित व्यवहारको अपिल गरेको छ।

सेनाका अनुसार आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयास जस्ता गतिविधि गरेका वा गर्न सक्ने सम्भावना रहेकोले निषेधाज्ञा र कर्फ्यु लागू गरिएको हो।

निषेधाज्ञा र कर्फ्युको समयमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा रहिरहनेछन्। आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न नागरिकलाई सेनाले अनुरोध गरेको छ।

नागरिकलाई सन्देश

नेपाली सेनाले हरेक परिस्थितिमा जनताको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहेको विश्वास दिलाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको