Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

१३ वर्षीया धर्मपुत्रीको बलात्कार र हत्या गरेका राईलाई जन्मकैदको सजाय

admin

law

धरान, माघ १ ।

धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ ।

जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो ।

अदालतले २२ महिनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो । अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको