Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

पूर्वगृहसचिव पाण्डे,एमाले सचिव रायमाझीसहित सुन्धारा कारागारबाट ३ हजारभन्दा बढी कैदी फरार

Reporter

काठमाडौं – सुन्धारा कारागारबाट गए राति करिब ३,००० भन्दा बढी कैदी फरार भएका छन्। भागेकामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे र निलम्बित एमाले सचिव टोपबहादुर रायमाझी पनि छन्।

राति करिब ११ बजे कैदीहरूले आन्दोलन गर्दै गेट फोडेर बाहिरिएको बताइएको छ। पाण्डेले भागेपछि कारागार प्रशासनलाई नै फोन गरी “म पछि आउँछु” भनेको जानकारी छ।

कारागारमा रहेका ३,८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी मात्रै भित्र छन्।

यसअघि नक्खु कारागारबाट रवि लामिछानेसहित कैदीहरू बाहिरिएको समाचार सार्वजनिक भएपछि सुन्धारामा पनि आन्दोलन भड्किएको थियो।

हाल भद्रबन्दी गृहमा १ सय, केन्द्रीय बन्दीगृहमा ३ सय र महिला बन्दीगृहमा १ सय कैदी मात्र बाँकी रहेको गृह प्रशासनले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको