Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

पत्रकारलाई अपशब्द बोल्दै धम्की दिने वी एण्ड सी अस्पताल संचालक प्रसाईंलाई कारवाहीको माग

admin

press union

काठमाडौं, माघ- २ ।

इलाममा सत्याग्रहमा रहेका प्रा.डा.गोविन्द केसीको विषयमा समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले संचारकर्मीलाई धम्की दिएको प्रति नेपाल प्रेस युनियन केन्द्रिय समितिले गम्भिर आपत्ती जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै इलाममा सत्याग्रहमा रहेका प्रा.डा.केसीको विषय र अनशनरत व्यक्तिलाई भेट्न वी एण्ड सी अस्पतालका तर्फबाट चैतन्य मैनाली नाम गरेका व्यक्ति इलाम आएको बारेमा नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लब भट्टराई(युवराज) लगायत जिल्लामा कार्यरत अन्य संचारकर्मीहरुलाई टेलिफोनमार्फत बुझ्न खोज्दा संचालक प्रसाईंले अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएको भन्दै युनियनले आपत्ति प्रकट गरेको हो ।

प्रेस युनियनको तर्फवाट महासचिब अजयबाबु शिवाकोटीले बुधबार एक विज्ञप्ती जारी गर्दै संचालक प्रसाईंले संचारकर्मीहरुमाथि ‘जे गर्छौ गर, तिमीहरुले गर्दा केही विग्रिदैन’ भन्दै अपशब्द बोल्दै अपमान गर्नु प्रेस जगतमाथिकै अपमान भएको युनियनले ठहर गरेको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ– समाचारप्रति असन्तुष्टी रहे कानुनी उपचारको बाटो हुँदाहुँदै सत्तारुढ दल निकट रहेका प्रसाईंको अभिब्यक्ति सिङ्गो प्रेस जगत माथिको धावा मात्र नभइ सत्ताको दम्भ र उन्माद प्रष्ट झल्किन्छ । यस्तो किसिमको गैरजिम्मेवारीपूर्ण व्यवहार र हर्कत प्रदर्शन गर्ने संचालक प्रसाईंमाथि आवश्यक कानुनी कारवाहीका लागि युनियन सरकारसमक्ष जोडदार माग गर्दछ ।’

त्यस्तै युनियनले संचारकर्मीहरुलाई निर्वाध र भयरहित रुपमा समाचार संकलन र संप्रेशण गर्ने वातावरण मिलाउन र संचारकर्मीहरुको भौतिक सुरक्षा गर्नसमेत सरकारसँग जोडदार माग गरेको छ ।

साथै प्रसाईंको कारबाहीको माग गर्दै, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, इलामले पनि विज्ञप्ती जारी गरेको छ । युनियन सचिब टीका खतिवडा र महासंघ अध्यक्ष कोकिला ढकालले छुट्टाछुट्टै विज्ञप्तीमार्फत संचारकर्मीको भौतिक सुरक्षाको माग गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको