काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका विभिन्न अस्पतालले दिएको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको संख्या ३४ पुगेको हो।
मन्त्रालयका अनुसार हालसम्म १ हजार ३६८ जना घाइते भएका छन्। जसमध्ये ३२१ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ९४९ जनालाई डिस्चार्ज गरिएको छ।
अस्पतालवार मृतकको विवरण यसप्रकार छः
-
काठमाडौंको सिभिल अस्पतालमा ६ जना
-
राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना
-
भेरी अस्पतालमा ५ जना
-
एभरेष्ट अस्पतालमा ३ जना
-
फ्रन्टलाइन अस्पतालमा ३ जना
-
केएमसी अस्पतालमा २ जना
-
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना
-
बयोधा अस्पतालमा २ जना
-
त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बिएनसी अस्पतालमा १–१ जना
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। सो क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको प्रदर्शनकारीहरूको आरोप छ।
झडपमा गम्भीर घाइते भएकामध्ये कतिपयको बाटैमा र कतिको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

