Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रपति पौडेल र संवैधानिक संकट : सुशीला कार्की प्रधानमन्त्री बन्ने सम्भावना

Reporter

देशव्यापी जेन–जी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन्। तर संसद् विघटनबिना गैरसांसदलाई प्रधानमन्त्री बनाउन सकिने कि नसकिने भन्ने संवैधानिक विवादमा शीतल निवासमा संविधानविद्हरूसँग निरन्तर परामर्श भइरहेको छ।

वार्तामा सहभागी स्रोतका अनुसार कार्कीले पहिले संसद् विघटन अनिवार्य भन्ने अडान राखेकी छन्, भने राष्ट्रपति पौडेल विघटन नगरी नियुक्ति सम्भव छ कि छैन भन्ने विकल्प खोजिरहेका छन्। बिहीबार राति मध्यरातसम्म टुंगो नलागेपछि शुक्रबार बिहान पुनः छलफल गर्ने तयारी भएको छ।

संविधानविद्हरूले धारा ६१ (४) (राष्ट्रपतिको संवैधानिक कर्तव्य) र धारा ३०५ (संविधान कार्यान्वयनमा अवरोध हटाउने अधिकार) को व्याख्या गर्दै सम्भावित निकासबारे सुझाव दिएका छन्।

जेन–जी आन्दोलनमा ३० भन्दा बढीले ज्यान गुमाएपछि र हजारभन्दा बढी घाइते भएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले पहल गरेका हुन्। अहिले देशको सुरक्षा नेपाली सेनाको समन्वयमा अन्य निकायहरूले सम्हालेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको