छैटौं संस्करणको ‘जिनियस म्युजिक अवार्ड’ तत्कालका लागि स्थगन गरिएको छ । देशको वर्तमान परिस्थितमा जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यही भदौ ३० गते हुन गइरहेको यो अवार्ड तत्कालका लागि स्थगन गरिएको अध्यक्ष रमेश पाठकले जनाउनुभएको छ ।
एक विज्ञप्ति जारी गर्दै उहाँले देशको वर्तमान परिस्थितिका कारण तत्कालाई स्थगन गरिएको र सहज वातावरण भएपछि भव्य रूपमा आयोजना गर्ने जनाउनुभएको छ ।
कार्यक्रम यही भदौ ३० गते काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना गर्ने मिति तय थियो । यसका लागि आयोजक संस्थाले उत्कष्ट पाँचको मनोनय पनि सार्वजनिक गरिसकेको छ ।
लोकप्रिय समाचार

