काठमाडौं । नेपाली सेनाले भ्रामक सूचना र अपुष्ट विश्लेषणमा विश्वास नगर्न आग्रह गरेको छ। हाल सेनासम्बन्धी विभिन्न टिप्पणी र धारणा सार्वजनिक भइरहेका सन्दर्भमा सेनाले आधिकारिक जानकारीका लागि मात्र भर पर्न अनुरोध गरेको हो।
सेनाले आफ्नो धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको स्मरण गराएको छ। साथै, आधिकारिक सूचना आवश्यक परे पृतना हेडक्वार्टरमार्फत सम्पर्क गर्न सकिने भन्दै सम्बन्धित फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ।
लोकप्रिय समाचार

