Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै नाराबाजी

admin

gajendra narayan singh hospital

सप्तरी, माघ— २ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयले नाराबाजी गरेका छन् ।

छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएपछि आफन्त तथा स्थानीयले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सामान्य चिसो लागेर अस्पताल भर्ना गरिएका ५५ वर्षीय सदाको चिकित्सकले समयमै उपचार नगरिदिँदा मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ ।

मृतकका आफन्त तथा स्थानीयले अस्पतालको मुख्यद्वारमै टायर बालेर प्रदर्शन गरेका थिए भने त्यसक्रममा प्रहरीसित केहीबेर घम्साघम्सी समेत भएको थियो ।

गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त प्रमुख डा. रञ्जितकुमार झाले सिकिस्त अवस्थामा अस्पताल ल्याइएका सदाको उपचारकैक्रममा मृत्यु भएको दाबी समेत गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको