Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

प्रधानमन्त्री सुशीला कार्कीलाई अमेरिकाको स्वागत

Reporter

अन्तरिम प्रधानमन्त्री सुशीला कार्की सरकारलाई अमेरिकाले स्वागत गरेको छ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले गत हप्ताको दुखद घटनापछिको शान्तिपूर्ण समाधानका निम्ति सुशीला नेतृत्वको सरकारलाई स्वागत गरेको हो।

लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गरेको उल्लेखसहित दूतावासले भनेको छ,‘हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ।’

अन्तरिम सरकारले आगामी महिनामा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अमेरिका नेपालसँग सहकार्य गर्न तयार रहेको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो सरकारको सबैभन्दा पहिला भारतले स्वागत गरेको थियो। दलाई लामाले समेत स्वागत गरेको सरकारलाई अमेरिकाले पनि स्वीकार गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको