Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

सरकारले आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिने

Reporter

प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिको घटनाप्रति दुःख व्यक्त गर्दै अब निजी क्षेत्रलाई अघि बढ्न राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण पछि सचिवहरूसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको विवरण लिने र आवश्यक सहयोग प्रदान गर्ने योजना बनाइरहेको जानकारी दिइन् ।

उनका अनुसार सरकार साना व्यापारीदेखि ठुला उद्योगीसम्मलाई आवश्यक सहयोग गर्ने उद्देश्य राखेको छ। यसमा बैंकको सफ्ट लोन वा अन्य आवश्यक सहयोगको विकल्पसमेत समावेश छ ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद्, अदालत जलाउने काम भयो । उद्योगी, व्यापारी र इन्टरप्रेनरहरूको सम्पत्ति समेत प्रभावित भयो । कतिपय व्यापारी अब उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । त्यसैले राज्यले उनीहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा विचार गर्दैछ ।’

उनले निजी क्षेत्रले क्षतिको बाबजुत पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा प्रशंसा गर्दै साना व्यापारीहरूलाई समेत आवश्यक सहयोग प्रदान गर्ने स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले घटनामा संलग्नहरू विरुद्ध छानबिन चल्ने र सत्य तथ्य बाहिर ल्याइने पनि बताइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको