चाडपर्वको तयारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (सोमबार)देखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले पसल सञ्चालनमा अन्योल उत्पन्न भए पनि सेनाको निषेधाज्ञा र कफ्र्यु हटेसँगै कम्पनीले सञ्चालन निर्णय गरेको हो । सहुलियत पसल देशभर ४५ जिल्लाका १११ स्थानबाट सञ्चालन हुनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार, ‘सर्वसाधारणले खाद्यका आउटलेट र बिक्री केन्द्रबाट छुटका सामान किन्न सक्नेछन्, साथै अनलाइनबाट पनि बिक्री उपलब्ध हुनेछ ।’
सहुलियत पसलमा सबै किसिमका चामल, चिनी, गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट, खाने तेल, चिउरा, आँटा, मैदामा प्रतिकिलोरलिटर सात रुपैयाँ छुट, र चिउरा, जिरारधान्यमा प्रतिकिलो १० रुपैयाँ छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । तर, यस वर्ष खसीबोका र च्यांग्र्राको बिक्री भने अनिश्चित रहेको छ ।

