Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

बैंककमा ग्लोबल एक्सिलेन्स अवार्ड सम्पन्न, नेपालसहित १० मुलुकको सहभागिता

Reporter

बैंकक (थाइल्याण्ड)। थाइल्याण्डको राजधानी बैंककस्थित Holiday Inn Bangkok Silom by IHG Hotel मा “GESA and 6th Business & Investors Summit, Art, Health, Education, Culture & Tourism Conference, Bangkok–Thailand 2025” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना नेपालका समाजसेवी तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजक करण बहादुर चन्दले गर्नुभएको हो।

उक्त कार्यक्रममा थाइल्याण्डका पूर्व उपप्रधानमन्त्री एवं वरिष्ठ समाजसेवी आदरणीय कर्ण दब्बारांसी प्रमुख आतिथ्यका रूपमा उपस्थित रहनुभएको थियो। नेपाल, संयुक्त राज्य अमेरिका, थाइल्याण्ड, भारत, जापान, चीन, अफ्रिका, श्रीलंका, बंगलादेश, म्यान्मार तथा युएई (दुबई) लगायत मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा आ–आफ्ना क्षेत्रका विषयमा विभिन्न विचार–विमर्श तथा अनुभव आदान–प्रदान गरिएको थियो।

समारोहमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले नेपाललगायत अन्य मुलुकहरूको योगदानको प्रशंसा गर्दै आपसी सहयोग, साझेदारी र समझदारीलाई अझ सुदृढ बनाउन आवश्यकताको अभिव्यक्ति जनाएका थिए। आयोजक चन्दले यस्तो अन्तर्राष्ट्रिय मञ्चले देश–विदेशका व्यवसायी, शिक्षाविद्, स्वास्थ्यविद्, कला–संस्कृति र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूलाई एकताबद्ध गर्न ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सफल बनाउन निरन्तर मार्गदर्शन र साथ प्रदान गर्ने Dr. M. A. Mummigatti, सम्पूर्ण सहयोगी, सञ्चार साझेदार, सम्मानित अतिथि तथा अवार्ड प्राप्त व्यक्तित्वहरूलाई आयोजक पक्षले विशेष धन्यवाद ज्ञापन गरेको छ। साथै, यात्रालाई सहज र व्यवस्थित बनाउन योगदान पुर्‍याउने Lumbini Holidays Tours & Travels Pvt. Ltd. प्रती पनि आभार प्रकट गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको