Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने प्रधानमन्त्री कार्कीको घोषणा

Reporter

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन हुने जानकारी दिएकी छन् । उनले जेनजी आन्दोलनको म्याण्डेटअनुसार आयोग आवश्यक रहेको बताउँदै यसले अनुसन्धान गरेर आगामी सरकारलाई सहज आधार तयार गरिदिने उल्लेख गरिन् ।

आयोगले अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गरी आवश्यक कारबाहीसम्म पुर्‍याउने छ । त्यस्तै, जेनजी आन्दोलनको दमनबारे जाँचबुझ गर्न तीन सदस्यीय आयोग पनि बन्ने उनले जानकारी दिइन् । सुरुमा एक महिनाको समय दिइने र आवश्यकता परे थप १५ दिन थपिने उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको कार्यकाल ६ महिनामात्र भएकाले यस अवधिमा अधिकतम काम गर्ने लक्ष्य रहेको स्पष्ट पारेकी छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको