Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर यात्रुको मृत्यु

Reporter

नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबार साँझ बसमा ढुङ्गा खसेर एक यात्रुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेको थियो ।

उक्त घटनामा लमजुङ घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भइन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको