जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बानेश्वरस्थित बीआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अब संसद बैठक नबस्ने भएको छ।
भदौ २४ गते भएको आगजनीपछि अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारभित्र निर्माणाधीन नयाँ भवनबाट संसद बैठक सञ्चालन हुने जानकारी दिएका छन्। आगामी पुससम्म भवनको काम सम्पन्न भई निर्वाचनपश्चात् त्यहींबाट बैठक बस्ने उनीहरूको भनाइ छ।
ध्वस्त बीआईसीसी भवनलाई पुनर्निर्माण गरी पुरानै स्वरूपमा फर्काइने, तत्काल सरसफाइ र डिजाइन प्रक्रियामा अघि बढ्ने तथा अल्पकालीन–दीर्घकालीन योजनासहित पुनर्निर्माण सुरु हुने मन्त्री घिसिङले बताएका छन्।
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालसहित मन्त्रीहरूले बुधबार अवलोकन गरेका थिए।
लोकप्रिय समाचार

