मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिएपछि जनमत पार्टीका मधेसका संसदीय दलले अनुशासनकाे कारबाहीको सिफारिस गरेको छ ।
जनमत पार्टी मधेस प्रदेश संसदीय दलले मुख्यमन्त्री सिंहविरुद्ध पार्टीको केन्द्रीय समितिमा कारबाही सिफारिस गर्ने निर्णय लिएको हो। संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार मुख्यमन्त्री सिंहसँग २४ घण्टाभित्र स्पष्टीकरण मागिएको थियो, तर मुख्यमन्त्री सिंहके जवाफ नदिएपाछी दलको बैठकले बुधबार कार्वाहीको सिफारिस निर्णय गरेको थियो ।
नेता यादवले आजै मुख्यमन्त्री सिंहको कारबाहीबाे लागि पार्टीलाई पत्राचार गरेको उनले बताए ।दलको सिफारिस अनुसार पार्टीले कार्वाही गरेको खण्डमा मुख्यमन्त्री सिंहको सासद पद समेत जाने र उनी स्वतह मुख्यमन्त्रीबाट पदमुक्क्त हुने कानुनी प्रवधान रहेको छ ।
जेन–जी आन्दोलनको क्रममा २४ भदौमा पार्टीको निर्देशनअनुसार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर, पछि औपचारिक राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले कारबाहीको बाटो रोजेको हो।
संसदीय दलले मुख्यमन्त्रीसहित सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै मधेस सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा पठाइसकेको जनाएको छ।

