Logo
16 Apr 2024    ४ बैशाख २०८१, मंगलवार

ताजा खबर

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण सिड्नीमा फेरि चक्कु प्रहार बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै रवि लामिछाने सहकारी प्रकरण: अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस आचार्य प्रशान्तले मानसिक स्वास्थ्यका विषयमा विद्यार्थीसँग गरे अन्तरक्रिया

कांग्रेस सभापति देउवा निवासमा नेवि संघको धर्ना, देउवाले भनेः ‘नयाँ निर्णय गर्छु’

admin

काठमाडौँ, माघ— ३

नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघका नेता-कार्यकर्ताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा घेराउ तथा धर्ना दिएका छन् ।

मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका नेता–कार्यकर्ताहरुले माघ २ गतेबाट सकिएको नेवि संघ केन्द्रिय समितिको कार्यकाल थप गरेकोमा विरोध जनाएका हुन ।

नेवि संघका नेताहरु दिपक भट्टराई, बामदेव अधिकारी, मनोज बैद्य, प्रदिप शर्मा, भोला नेपाललगायत काठमाडौं उपत्यका भित्रका क्याम्पस इकाइ सभापति, स्ववीयू सभापति साथै नेता–कार्यकर्ताहरु देउवा निवास पुगेका थिए ।

विद्यार्थी भीड बढेपछि देउवा निवासमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । धर्नामा पुगेका विद्यार्थी नेता कार्यकताहरु अधिकांश पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् ।

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो सकिएको छ । तर तत्कालका लागि सोही कार्यसमितिलाई निरन्तरता दिएको बताइन्छ ।

पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।

सभापति देउवाले माघ १० गते बस्ने केन्द्रिय समितिको बैठकबाट माग सम्बोधन गर्ने बचन दिएका छन् । देउवाले नेवि संघ भित्रको विवाद र व्यथिति बुझिसकेको जनाउ दिंदै तत्काल नयाँ निर्णय गरेर जाने बताए ।

नेविसंघका उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीनामासमेत दिइसकेका छन् ।

त्यस्तै बरिष्ठ नेता पौडिल निकट ४५ केन्द्रिय सदस्यले पनि राजीनामा बुझाएका छन् ।

यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।
(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको