Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

यूएईपछि कतार र मलेसियाले पनि नेपाली भिसा रोक्ने तयारी

Reporter

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट र वर्किङ भिसा दिन रोकेको केही दिनमै कतार र मलेसियाले पनि त्यस्तै तयारी गरिरहेका छन्। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार, जेनजी आन्दोलनका क्रममा नेपालका कारागारबाट १५ हजार कैदी/बन्दी भागेको घटनाले विदेशी सरकारहरूलाई चिन्तित बनाएको छ।

विदेशी राष्ट्रहरूलाई आशंका छ—भागेका अपराधी उनीहरूको देशमा पुगे अपराध र अशान्ति बढ्न सक्छ। साथै, आन्दोलनमा देखिएको हिंसात्मक गतिविधिले नेपालीहरूलाई आक्रामक स्वभावको रूपमा हेर्ने धारणा बनेको छ।

यसै कारण दक्षिण कोरियाले पनि नेपालीलाई दिँदै आएको ई–७ भिसा रोकेको छ। भिसा रोकिँदा वैदेशिक रोजगारी र अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ। गत आर्थिक वर्षमा मात्र ४ लाख ६४ हजारभन्दा बढी नेपाली यूएई, कतार र मलेसिया गएका थिए, जुन कुल वैदेशिक रोजगारको ५५ प्रतिशतभन्दा बढी हो।

यूएईले नेपाली क्रिकेट टोलीलाई समेत समयमै भिसा नदिँदा आगामी वेस्ट इन्डिजसँगको टि–२० सिरिज प्रभावित हुने अवस्था बनेको छ।

परराष्ट्र मन्त्रालयले भने कैदी/बन्दी फिर्ता भएपछि वा नियन्त्रणमा आएपछि विदेशीले भिसा कडाइ क्रमशः खुकुलो पार्ने विश्वास व्यक्त गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको