प्रधानमन्त्री सुशिला कार्कीले निजी क्षेत्रका उद्योग व्यवसायी अगुवाहरूसँग छलफल गर्नुभएकाे छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार कार्कीले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् सदस्य र जेनजी आन्दोलनबाट क्षति भएका उद्योग व्यवसायी सङ्घ छलफल गर्नुभएकाे हाे ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायतको पनि उपस्थिति थियो ।
छलफलबाट बाहिरिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग गरिएको छलफलले निजी क्षेत्रको मनोबल उकास्ने सन्देश दिएको बताए ।
लोकप्रिय समाचार

