सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ।
यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक सिलवाललाई सो पदमा ल्याइएको हो।
गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो। पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङकै पहलमा शाक्यलाई सरुवा गरी सिलवाललाई जिम्मेवारी दिइएको हो।
लोकप्रिय समाचार

