Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

कसरी भयो ‘वासिंटन पोस्ट’ को मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख ?

admin

वासिंटन, माघ ३ ।

बुधबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि केही मानिसले ‘वासिंटन पोस्ट’ अखबार बाँडिरहेका थिए । उक्त अखबारको पहिलो पृष्ठमा मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख थियो ।

एकाबिहानै मानिसले यस्तो समाचारलाई ‘अप्रत्याशित’ मान्नु स्वाभाविकै थियो । र, समाचारको मुख्य शीर्षकमा पनि ‘अप्रत्याशित’ नै लेखिएको थियो । ‘अप्रत्याशित : ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य’ शीर्षकको उक्त समाचारले धेरैको ध्यान आकर्षित गर्‍यो ।

ट्रम्पका विरोधीहरुले खुशी मनाउन थाले । सामाजिक सञ्जालमार्फत समाचार भाइरल बन्यो र विदेशमा पनि ट्रम्पका विरोधीहरु खुशी देखिए ।

केहीबेरमा वास्तविकता उजागर भयो । कसैले वासिंटन पोस्टका नाममा नक्कल गरेर अखबार प्रकाशित गरेको रहेछ । उक्त अखबारमा मितिसमेत १ मे, २०१९ राखिएको थियो ।

वासिंटन पोस्टका प्रवक्ताले आफ्नो अखबारलाई गलत रुपमा प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् । उनले पाठक वर्गमा पर्न गएको भ्रमबाट वासिंटन पोस्ट परिवार चिन्तित भएको उल्लेख गरेका छन् ।

वासिंटन पोस्टको नाम दुरुपयोग गरेर कसले यसरी अखबार प्रकाशित गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने विषयमा अमेरिकामा राजनीतिक संकट बढ्दै गएको अवस्थामा ‘फेक न्यूज’ फैलाइएको हो । राष्ट्रपति ट्रम्पले पर्खाल लगाउने अडान लिएका छन् भने डेमोक्रेटिक सांसदहरु ट्रम्पको सो योजनाको विपक्षमा छन् ।
(ईमेज खबर/एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको