प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी डा. संगीता कौशल मिश्रको नाम अख्तियारले अनुसन्धान गरिरहेको भन्दै अन्तिम सूचीबाट हटाइएको छ।
हिजो राष्ट्रपतिसमक्ष पाँच जनाको नाम पठाइएको भए पनि आज सच्याएर चार जनाको मात्र नाम पेस गरिएको छ। यसअनुसार अनिलकुमार सिन्हा (उद्योग), मदन परियार (कृषि), जगदीश खरेल (सञ्चार) र महावीर पुन (शिक्षा) ले मात्र शपथ लिनेछन्।
स्वास्थ्यमन्त्री पद भने रिक्त राखिएको छ।
यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनिसकेका छन्। जेनजी विद्रोहपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि राष्ट्रपति पौडेलले कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए। उनको सरकारको मुख्य जिम्मेवारी फागुन २१ गतेसम्म निर्वाचन सम्पन्न गर्नु हो।
लोकप्रिय समाचार

