Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

देउवा र खड्काको घरमा भेटिएको पैसामाथि अनुसन्धान शुरु

Reporter

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएको पैसाबारे अनुसन्धान थालेको छ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले दुवै नेताको घरमा तोडफोड र आगजनी गर्दा ठूलो परिमाणमा नगद फेला परेको भिडियोहरू सार्वजनिक भएका थिए। खड्काको घरमा अमेरिकी डलरसहितका नोट उडाइएको देखिएको छ भने केही नोट जलेको अवस्थामा भेटिएका थिए।

देउवाको घरमा पैसा राख्न सुरुङसमेत बनाइएको आरोपसहितका भिडियो सार्वजनिक भएका थिए। तर, देउवा सचिवालयले उक्त दाबी असत्य भएको र देखाइएको संरचना पानी ट्यांकी भएको स्पष्टीकरण दिएको छ।

विभागको टोलीले हालै दुवै नेताको निवासमा पुगेर मुचुल्का तयार गरेको स्रोतले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको