Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’ सार्वजनिक(भिडियो)

Reporter

गायक तथा संगीतकार चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गीतकार लोकराज अधिकारी, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायत अतिथिहरूले सामूहिक रूपमा उक्त गीति संग्रहको विमोचन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि संगीतकार सिंहले चेतनलाई बहुमुखी प्रतिभाशाली कलाकारको रूपमा परिचित गराउँदै आगामी दिन अझ उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो । गीतकार अधिकारीले करिब तीन दशकअघि चेतनसँगको भेट स्मरण गर्दै त्यतिबेलादेखि नै उहाँ लेखन, संगीत र गायनमा सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले हालै दुई गीतमा चेतनसँग सहकार्य भएको जानकारी पनि दिनुभयो ।

कीर्तिमानी संगीतकार श्रेष्ठले डेढ दशकदेखि चेतनलाई चिन्ने अवसर पाएको उल्लेख गर्दै, बाहिर बढी देखाउन नचाहने तर निरन्तर कर्ममा लागिरहने उहाँ कुशल संगीतकर्मी भएको जिकिर गर्नुभयो । गायक तथा संगीतकार राईले आफ्ना विगतका यात्रा सम्झिँदै निरन्तर संगीत क्षेत्रमा सक्रिय रहेको बताउनुभयो ।

‘स्पिड’मा समावेज सार्वजनिक ‘हाँसिदेउन’ बोलको गीतको भिडियोमा कलाकार सुजन सुवेदी र ज्योति खड्काको अभिनय छ । भिडियोलाई स्वयं चेतनले निर्देशन गर्नुभएको छ भने छायांकन सविन तिमल्सिना, सम्पादन तथा रंग संयोजन राज धामीले गर्नुभएको छ । लोकराज अधिकारीको शब्द रचना रहेको गीतमा संगीत संयोजन सविर कार्कीले गर्नुभएको हो । कार्यक्रममा सञ्चारकर्मी र गीतसँग सम्बन्धित व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको