Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन मधेशका जनताको रोजाइ बने ‘सर्वेन्द्र खनाल’, बारा–४ मा लोकप्रियता उत्कर्षमा

मुग्लिन–काठमाडौं सडकखण्ड पुनः अवरुद्ध

Reporter

धादिङको बेनीघाट रोराङ–१०, जवाङ खोलामा खसेको सुक्खा पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी बन्द भएको छ। गएराति खसेको पहिरो पन्छाएर एकतर्फी यातायात चलाउन थालेपनि बिहान पुनः ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पहिरो खस्ने क्रम रोकिएको नभएकाले तत्काल सडक सफा गर्ने काम सुरु गर्न नसकिएको र यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा रहन, लेन अनुशासन पालना गर्दै धैर्य गर्न आग्रह गरिएको छ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलामा खसेको पहिरोका कारण ४० घण्टा सडक अवरुद्ध हुँदा यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको थियो। दशैंका लागि गाउँ फर्किरहेका यात्रुहरूलाई फेरि कष्टकर यात्रा गर्नुपर्ने अवस्था बनेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको