Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

उपत्यका छोड्नेहरूको संख्या बढ्दै , ३ दिनमा १ लाख ३८ हजारले काठमाडौं छाडे

Reporter

दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढ्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौंको गोंगबु बसपार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले घटस्थापनाको दिनदेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यसवर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरूको समेत गोंगबु बस पार्कमा भीड लागेको छ ।

हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको