Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’ ‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

नेपाल र जापानबिच नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक पठाउने सहमति

admin

माघ—४, काठमाडौं ।

नेपाल र जापानबिच नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक पठाउने सहमति भएको छ । नेपाल र जापानी प्रतिनिधिबिच बुधबार काठमाडौँमा सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा यस्तो सहमति भएको हो ।

यसका लागि उच्चस्तरको समझदारी छिट्टै गर्न दुवै पक्ष तयार भएका छन् । बैठकमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नविनतम् मान्यता एवं मापदण्ड अनुरूप श्रमिक पठाउने विषयमा जोड दिइएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको बताए ।

बैठकमा जापानी पक्षले आफ्नो अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानुनी प्रावधानबारे औपचारिक रूपमा जानकारी गराइएको थियो ।

‘हामीले व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रवर्द्धन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विविध आयाममा छलफल भयो,’ उनले भने ।

बैठकमा आगामी दिन द्विपक्षीय संवाद कायम गर्दै उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको छ ।

नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्‍याउने वातावरणको सिर्जना गर्ने गरी दुवै देशले सहकार्य गर्दै जाने सहमति भएको छ ।
(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको