राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले सडक आन्दोलनमार्फत विजय हासिल भए पनि राजनीतिक रुपमा देश पराजित भएको बताएका छन्। उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अब सम्भव छैन भन्ने कुरा प्रधानमन्त्रीले नै घोषणा गरिसकेका छन्।
शाहीले भदौ २४ गते सडकबाट घोषणा गर्नुपर्ने मागलाई “GEN-Z” को नाममा वार्ता गर्न गएका तर वास्तविक प्रतिनिधि नभएका समूहसँग सम्झौता गरेर देशलाई राजनीतिक रुपमा हार्न बाध्य बनाइएको आरोप लगाए। उनले यस प्रक्रियाबाट भ्रष्टाचारमा संलग्न भनिएका तीन शीर्ष नेताहरू पुनः विजयी भएको टिप्पणी गरे।
उनका अनुसार अब हुने निर्वाचन २०७९ सालको जस्तै संसद् सदस्यको मात्र हुनेछ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउन दुईतिहाइ अर्थात् १८४ सांसदको सहमति आवश्यक पर्ने भएकाले संविधान संशोधन असम्भवजस्तै भएको उनको भनाइ छ।

