सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्णयको जानकारी दिएका हुन्।
२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यी दुवै विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा सारेका थिए।
लोकप्रिय समाचार

