Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा ओलीको निर्णयले दुई प्रभावशाली नेता आउट, एमालेले नयाँ अनुहार अघि सार्‍यो

मलाई नेतृत्वमा बसिरहने इच्छा छैन : अध्यक्ष दाहाल

Reporter

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको बहसलाई तार्किक निष्कर्षमा पुर्या‍इने बताएका छन्।

बिहीबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको प्रारम्भमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले आफूलाई नेतृत्वमा बसिरहने इच्छा नभएको र यसलाई निश्चित विधि र प्रक्रियाबाट टुङ्ग्याइने बताएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘सुस्पष्ट वैज्ञानिक विचार, सुनिश्चित विधि र प्रक्रियाद्वारा नेतृत्वका बारेमा छलफल सुरु भएको छ। मलाई अध्यक्षमा बसिरहने इच्छा छैन। तर नेतृत्वको वैज्ञानिक प्रणालीअन्तर्गत यसलाई सुनिश्चित गर्नुपर्छ,’ अध्यक्ष दाहालले भने, ‘मेरो नेतृत्वको अन्तिम घडीसम्म देश र जनताको पक्षमा अविचलित रूपमा रहिरहनेछु। तर पनि पार्टीभित्र नेतृत्वको बहस भइरहेको छ। यसलाई तार्किक निष्कर्षमा पुर्याउँछौँ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको