पूर्वपरराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन्। हालै भएको अभिभावकको बैठकमा उनले राजीनामा दिएको जानकारी गराइएकाे हो।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते युलेन्स स्कुलमा तोडफोड र आगजनी हुँदा स्कुल जलेर नष्ट भएको छ। उक्त स्कुलमा राणाको लगानी रहेको भन्दै गलत सूचना सामाजिक सञ्जालमा छरपस्ट भएको थियो।
अहिले अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ। स्कुलले अब अभिभावकमध्येबाटै ट्रस्टी बनाउने योजना बनाएको छ। भौतिक कक्षा सञ्चालनका लागि अझै केही महिना लाग्ने स्कुलले जानकारी दिएको छ।
पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि आरजु राणाले विद्यालयबाट अलग हुने प्रस्ताव गरे पनि विद्यालय व्यवस्थापनले उनलाई नै निरन्तरता दिएको युलेन्स स्कुलले जानकारी दिएको छ।
लोकप्रिय समाचार

