Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

राजधानीमा दक्ष ईन्टरनेसनल प्रा.ली.को आयोजनामा मिस एण्ड मिसेस व्युटिफुल नेपाल, २०१९ को ट्यालेन्ट शो सम्पन्न

admin

miss and mrs beautiful talent show

माघ—४, काठमाडौं ।

राजधानीमा ‘मिस एन्ड मिसेस व्युटिफुल, २०१९ ’ को ट्यालेन्ट शो सम्पन्न भएको छ ।

दक्ष ईन्टरनेसनल प्रा.ली.को आयोजना संचालित मिस एन्ड मिसेस व्युटिफुलको ट्यालेन्ट राउण्डमा अडिसन मार्फत छनौट भएका मिस तथा मिसेजहरुले करिव एक महिना लामो प्रशिक्षण पश्चात आ- आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतियोगीहरुले गीत गायन, नृत्य, अभिनय तथा वक्तव्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेको आयोजक संस्थाकी मेनेजिङ डाईरेक्टर दीपा थपलियाले जनाउनुभयो ।

miss and mrs beautiful talent show

मिस व्युटिफुलतर्फ वेस्ट ट्यालेन्टको उपाधी सम्पदा अम्गाईले जितिन भने वेस्ट डान्स तर्फ मनिशा श्रेष्ठ, कविता मगर तथा वेदना न्यौपाने विजयी हुँदा वेस्ट एक्टिङको उपाधी गिता शर्माले हात पारिन ।

त्यसैगरी मिसेज व्युटिफुलतर्फ वेस्ट डान्सको उपाधी ओविका छेत्री र पुजा तामाङले हात पार्दा वेस्ट सिङ्गिङको उपाधी स्मृती पोख्रेलले जितिन ।

गायक सपन श्रेष्ठ, नायीका तथा मोडल एलिना बाँस्कोटा, नायीका पूर्णिमा लामा, संगितकार वैकुण्ठ अधिकारी, संचारकर्मी कमला जोशी ले निर्णायकको भुमिका निभाएका थिए ।

miss and mrs beautiful talent show

प्रतियोगीहरुलाई विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्याक्तित्वहरु बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिदै आएको तथा प्रतियोगीताको ग्रान्ड फिनाले यही माघ १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने आयोजक संस्था दक्ष ईन्टरनेसनलका सीईओ टेकराज पाण्डेले जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको