Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

Reporter

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।

सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

राणा पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् ।

आरजु राणाले कतिपय डिलमा उनी प्रतिनिधिको रुपमा खटिने गरेको आरोप राणामाथि लाग्ने गरेको थियो ।

गोप्य सूचना प्राप्त हुने आशंकामा प्रहरीले भूषणको घरमा छापा मारेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको