Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

माओवादी केन्द्र चुनावमा सहभागि हुने

Reporter

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै मातहतका सबै कमिटीलाई सर्कुलर पठाएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा असोज ९–१० गते सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकका निर्णयअनुसार सर्कुलर जारी गरिएको हो। महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा पठाइएको सर्कुलरमा पार्टीको मुख्य एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र मन्त्रिपरिषद् गठन प्रक्रियामा सुधार रहने उल्लेख छ।

माओवादीले २०८२ मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन गर्ने, त्यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र संयोजकमा प्रचण्डलाई चयन गर्ने निर्णय पनि गरेको छ। बहुपदको व्यवस्था स्थगन गरी संयोजकको नेतृत्वमा सचिवालय गठन गरिने सर्कुलरमा उल्लेख छ।

यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीबीच तत्काल एकताको पहल गर्ने र एकता सम्भव भए विशेष महाधिवेशनलाई ‘एकता महाधिवेशन’का रूपमा आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

आन्तरिक शुद्धीकरण र सङ्गठनात्मक सुधारका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्ड कार्यान्वयन, प्रविधिमैत्री कार्यालय तथा समितिको विकास, र हरेक समितिमा एक तिहाइ युवाको अभ्यास सुनिश्चित गर्ने जस्ता कदमहरू पनि सर्कुलरमा समेटिएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको