काठमाडौं । आज महानवमीअघिको दिन महाअष्टमी पर्व धुमधामका साथ देशभर मनाइँदैछ। दुर्गा पक्षअन्तर्गत महाअष्टमीको दिन महागौरीको पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।
काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ र देवीमन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। विशेषगरी गोरखाको मनकामना, भगवती मन्दिरहरू, गोकर्णेश्वर, दक्षिणकाली, पाल्पाको भगवतीलगायतका शक्तिपीठमा दर्शन गर्नेहरूको घुइँचो देखिएको छ।
महाअष्टमीका दिन दुर्गा भवानीको पूजा गरी राति ‘कालरात्रि’को उपासना गर्ने धार्मिक परम्परा छ। यस दिन घरघरमा पनि महागौरीको पूजा गरी प्रसाद ग्रहण गर्ने चलन छ।
भोलि महानवमीका दिन देवीको विशेष आराधना हुने छ भने विजया दशमीका दिन घरघरमा टीका–जमारो लगाई दसैँको मुख्य पर्व मनाइने छ।
लोकप्रिय समाचार

