Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ विमानस्थल (आन्तरिक) बन्द

Reporter

प्रतिकूल मौसमका कारण काठमाडौँ विमानस्थल (आन्तरिकतर्फ) दुई घन्टाका लागि बन्द गरिएको छ। लगातार वर्षा भएपछि शनिबार बिहान ९ बजेदेखि दुई घन्टाका लागि आन्तरिक विमानस्थल बन्द गरिएको हो।

आन्तरिकतर्फको विमानस्थल बन्द गरिए पनि अन्तर्राष्ट्रियतर्फका उडानहरू नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिकूल मौसम तथा खराब ‘इनरुट वेदर’ का कारण काठमाडौँ विमानस्थल (आन्तरिक) दुई घन्टाका लागि बन्द गरिएको विमानस्थल कार्यालयको भनाइ छ।

तत्काल बिहान ११ बजेसम्म विमानस्थल बन्द गरिए पनि त्यसपछि मौसमको अवस्थाअनुसार आवश्यक निर्णय लिइने कार्यालयले जनाएको छ।
विमानस्थल बन्द भएपछि आन्तरिकतर्फका उडानहरू प्रभावित भएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको