Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

डुबानको जोखिम : बासिन्दालाई विद्यालयमा सार्दै काठमाडौं महानगर

Reporter

लगातार वर्षासँगै डुबानको जोखिम बढेपछि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दालाई नजिकैका विद्यालयमा अस्थायी रूपमा स्थानान्तरण गर्ने काम भइरहेको विभागले जनाएको छ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार वाग्मती, विष्णुमतीलगायतका खोलाको पानी सतह निरन्तर निगरानीमा राखिएको छ। थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रका विद्यालयहरूलाई स्थानीय वडा सदस्यहरूमार्फत आश्रयस्थलका रूपमा पहिचान गरिएको छ।

विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने ठाउँको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधा—शौचालय, खानेपानी र सुरक्षित स्थान—तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न समेत निर्देशन दिइएको हो।

गत वर्षसमेत जोखिममा परेका क्षेत्रमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिएको महानगरपालिकाले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको