
माघ—४, सिरहा
सिरहा–१५ सुकसैनामा प्रहरीले गोली प्रहार गरी एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीसँग जम्काभेट भएपछि नगरपालिका–९ का २९ वर्षीय प्रमोद यादवलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जनाएका छन ।
उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ। यादवविरुद्ध हातहतियार र बिभिन्न आपराधिक घटनामा संलग्न रहेको उजुरी छन्।
लोकप्रिय समाचार