Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

विपद्को बेलामा महँगो भाडा नलिन राइडिङ सेयरिङ एप्सलाई काठमाडौं प्रशासनको आग्रह

Reporter

राइडिङ सेयरिङ एप्सहरूलाई साविकको भन्दा महँगो भाडा नलिन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आग्रह गरेको छ ।

पठाओ, इन्ड्राइभ, यांगो लगायतका राइड सेयरिङबाट यात्रुहरू ठगिएको गुनासो आएको भन्दै प्रशासनले यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन् ।

त्यस्तै, कसैले यस्ता किसिमका ठगी गरेको पाइए प्रमाणसहित प्रशासन कार्यालयमा पेश गर्न पनि आग्रह गरिएको छ ।

ठगी गर्नेहरूलाई प्रचलित कानुन अनुसार कडा कारबाही हुने प्रशासनले जनाएको छ । विमानस्थल बन्द भएसँगै उक्त क्षेत्रमा महँगो दर लगाएपछि यात्रुहरू समस्यामा परेका छन् ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।

सरकारले भोलि र पर्सि सार्वजनिक बिदा समेत दिइसकेको छ । मनसुन अझै दुई दिन सक्रिय हुने बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको