Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

सशस्त्र प्रहरीका सबैलाई आज हाजिर हुन निर्देशन, नभए कारबाही

Reporter

सशस्त्र प्रहरी बल (एपीएफ)को प्रधान कार्यालयले आफू मातहतका सबै कर्मचारीलाई आज हाजिर हुन निर्देशन दिएको छ । शनिबार एक निर्देशन जारी गर्दै एपीएफले दसैँ बिदामा रहेका कर्मचारीलाई सबैभन्दा नजिकको सशस्त्र प्रहरी बलको युनिट तथा कार्यालयमा आइतबार बिहान १० बजेभित्र अनिवार्य हाजिर हुन भनेको छ ।

बाढी, पहिरो र विपद् जोखिमका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरे पनि सुरक्षा निकायका कर्मचारी सदैव परिचालन हुनुपर्ने भएकाले निर्देशन जारी गरिएको एपीएफले जनाएको छ ।

हाजिर भएका कर्मचारीहरूलाई विपद् उद्धार कार्यमा परिचालन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

तोकिएको मितिमा हाजिर नहुने कर्मचारीलाई विपद् उद्धार कार्यमा परिचालन हुन नसकेको ठहर गर्दै सशस्त्र प्रहरी नियमानुसार कारबाही गरिने पनि निर्देशनमा उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको