Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

हमासले शान्ति प्रस्ताव अस्वीकार गर्‍यो भने ध्वस्त हुनेछ:ट्रम्प

Reporter

donald trump

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शक्ति र नियन्त्रण त्याग्न अस्वीकार गर्‍यो भने हमास ध्वस्त हुने चेतावनी दिएका छन्।

उनले अमेरिकी समाचार च्यानल सीएनएनसँगको अन्तर्वार्तामा उक्त चेतावनी दिएका हुन्।

शनिबार सीएनएनका जेक ट्यापरले ट्रम्पलाई टेक्स्ट सन्देशमार्फत सोधे- यदि हमास सत्तामा रहिरह्यो भने के हुन्छ?

राष्ट्रपति ट्रम्ले जवाफ दिए, ‘पूर्ण रूपमा ध्वस्त!’

यस क्रममा उनले हमास साँच्चै शान्ति चाहन्छ कि चाहँदैन भनेर चाँडै स्पष्ट हुने पनि बताए।

ट्रम्पले थप भने, ‘म आशा गर्छु- मेरो युद्धविराम प्रस्ताव वास्तविकतामा परिणत हुनेछ।’

यसअघि शनिबार उनले इजरायलले आफूले तयार पारेको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको