Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

सगरमाथाको तिब्बती मोहडामा ३५० पदयात्रीको सफल उद्धार

Reporter

अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बती मोहडातर्फको क्षेत्रमा फस्न पुगेका करिब ३५० जना पदयात्रीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याइएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार अन्य दुई सय जनाभन्दा बढी पदयात्रीहरूसँग सम्पर्क भएको र तिनलाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने काम अझै बाँकी छ।

सगरमाथाको पूर्वी मोहडातर्फ पर्ने तिब्बती उपत्यकामा शनिबारदेखि निरन्तर परेको भारी हिमपातका कारण सयौँ पर्यटकहरू फसेका हुन्। उक्त क्षेत्रमा हालैदेखि असामान्य मौसमी गतिविधि बढेको जनाइएको छ।

चीनमा यो सप्ताहान्तदेखि आठ दिने राष्ट्रिय बिदा सुरु भएकाले उक्त क्षेत्रमा ठूलो संख्यामा पर्यटक पुगेका थिए। मौसम असामान्य रुपमा बिग्रिएपछि स्थानीय प्रशासन, सुरक्षाकर्मी र उद्धार टोलीलाई परिचालन गरी उद्धार कार्य जारी राखिएको बताइएको छ।

उद्धार कार्यमा चिनियाँ उद्धारकर्मीहरू निरन्तर खटिएका छन्। अहिलेसम्म कसैको ज्यान गएको वा गम्भीर घाइते भएको जानकारी प्राप्त नभएको जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको