Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

विजौरी सामूहिक बलात्कार प्रकरणका मुख्य दोषी विष्णु चौधरी १० वर्षपछि पक्राउ

admin

सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी पक्राउ

माघ—४, काठमाडौं ।

सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी पक्राउ

दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् ।

सर्वोच्च अदालतबाट २०७२ फागुन ३० गते फैसला भई ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएका तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३१ वर्षीय विष्णु चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमार्फत घोराही कारागार चलान गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

२०६५ चैत १५ गते गढवाकी १७ वर्षीया कल्पना खनालमाथि सामूहिक बलात्कार भएपछि उनको ८४ औं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो । तुलसीपुर आफन्तलाई भेट्न गएकी खनाल नेपाल बन्दका कारण हिड्दै आइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा केही युवाहरुले नियन्त्रणमा लिई रातभर बलात्कार गरेका थिए ।

अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुलारुपमा हिडिरहेका चौधरीलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको छ । उनी यसअघि माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए । चौधरी जनता विद्यापीठ बिजौरीको स्ववियू उपसभापति भएको बेला बलात्कार काण्ड भएको थियो ।

अदालतले सजाय फैसला गरिसक्दा पनि उनले बिजौरीमा असहाय बालविकास नेपाल नामक संस्था दर्ता गरी सञ्चालन गरिरहेका थिए । तत्कालीन सभामुख ओनसरी घर्तीले २०७३ पुस २९ मा केन्द्रको उद्घाटन गरेकी थिइन् । चौधरीविरुद्ध नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्वविद्यालयको सम्पत्ति तोडफोड गरी चोरी गरेको घटना सम्वन्धमा समेत अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन् । उनी अन्य कुनै आपराधिक घटनामा संलग्न भएको भए जानकारी उपलब्ध गराउन प्रहरीले सार्वजनिकरुपमा सबैलाई अनुरोध गरेको छ ।

उक्त बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेको र मोहन पुन अझै फरार रहेको डिएसपी घर्तीले जानकारी दिए ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको