Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

विजौरी सामूहिक बलात्कार प्रकरणका मुख्य दोषी विष्णु चौधरी १० वर्षपछि पक्राउ

admin

सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी पक्राउ

माघ—४, काठमाडौं ।

सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी पक्राउ

दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् ।

सर्वोच्च अदालतबाट २०७२ फागुन ३० गते फैसला भई ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएका तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३१ वर्षीय विष्णु चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमार्फत घोराही कारागार चलान गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

२०६५ चैत १५ गते गढवाकी १७ वर्षीया कल्पना खनालमाथि सामूहिक बलात्कार भएपछि उनको ८४ औं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो । तुलसीपुर आफन्तलाई भेट्न गएकी खनाल नेपाल बन्दका कारण हिड्दै आइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा केही युवाहरुले नियन्त्रणमा लिई रातभर बलात्कार गरेका थिए ।

अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुलारुपमा हिडिरहेका चौधरीलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको छ । उनी यसअघि माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए । चौधरी जनता विद्यापीठ बिजौरीको स्ववियू उपसभापति भएको बेला बलात्कार काण्ड भएको थियो ।

अदालतले सजाय फैसला गरिसक्दा पनि उनले बिजौरीमा असहाय बालविकास नेपाल नामक संस्था दर्ता गरी सञ्चालन गरिरहेका थिए । तत्कालीन सभामुख ओनसरी घर्तीले २०७३ पुस २९ मा केन्द्रको उद्घाटन गरेकी थिइन् । चौधरीविरुद्ध नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्वविद्यालयको सम्पत्ति तोडफोड गरी चोरी गरेको घटना सम्वन्धमा समेत अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन् । उनी अन्य कुनै आपराधिक घटनामा संलग्न भएको भए जानकारी उपलब्ध गराउन प्रहरीले सार्वजनिकरुपमा सबैलाई अनुरोध गरेको छ ।

उक्त बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेको र मोहन पुन अझै फरार रहेको डिएसपी घर्तीले जानकारी दिए ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको