Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

केपी ओली र लेखकविरुद्ध किटानी जाहेरी दर्ता प्रयास, प्रहरीमा भएन दर्ता

Reporter

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी मुभमेन्टका अगुवाहरू सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका छन्।

जेनजी अगुवा सुदन गुरुङसहितको टोली दिउँसो जाहेरी दर्ता गर्न पुगेको भए पनि प्रहरीले जाहेरी नलिएर फर्काएको छ। प्रहरी स्रोतका अनुसार, जेनजी टोलीले २३ र २४ भदौमा भएको आन्दोलनमा ‘राज्यद्वारा गरिएको दमन’ को जिम्मेवारी माग गर्दै जाहेरी दर्ता गर्न खोजेका थिए।

तर, प्रहरी स्रोतले भन्यो,“उहाँहरू जाहेरी लिएर आउनुभएको थियो, केहीबेर छलफल पनि भयो। तर, अहिले न्यायिक छानबिन समिति गठन भइसकेको हुँदा जाहेरी दर्ता हुन सकेन।”

यसअघि, जेनजी आन्दोलनमा राज्यद्वारा निहत्था विद्यार्थीमाथि गोली चलाइएको भन्दै अगुवाहरूले सामाजिक सञ्जालमा ‘#ArrestKPOli’ नामक अभियान सुरु गरेका थिए। उनीहरूले ओली र लेखकलाई दमनको प्रत्यक्ष जिम्मेवार ठहर गर्दै कानूनी कारबाहीको माग दोहोर्याएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको