Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

मर्यादाक्रमप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण

admin

निर्वाचन आयोग नेपाल

माघ—४, काठमाडौं ।

निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका पदाधिकारीको शुक्रबार बसेको पूर्णबैठकले सो मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न/गराउन आग्रह गर्ने निर्णय गरेको छ ।

आयोगले संवैधानिक संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमानमात्र हुने नभइ समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामासमेत आँच आउने ठहर गरेको छ ।

मर्यादाक्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, संघीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानुनलाई आधार मान्नुपर्ने जनाइएको छ ।

सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम उक्त निकायका प्रमुखको मर्यादाक्रमको लगत्तै पछाडि कायम गर्न/गराउन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।
रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको